ad

कोभिड १९ पछि हाइड्रो पावरसँगै हाइड्रोजन उर्जा

शनिबार, माघ २४ २०७७
image

-डा रामहरि पौड्याल

भूमिका

हाइड्रोजन  वायुमण्डलमा पाइने एउटा रंगहीन गन्धहीन ग्यास हो। यो पर्यावरणीय प्रदुषणलाई कम गर्न भविष्यमा  हरित उर्जाको एउटा ठूलो वैकल्पिक साधन हुनेछ। ऊर्जाको वैकल्पिक समाधानमा लागिपरेका विश्वका वैज्ञानिकहरू उर्जाको बढ्दो माग र  त्यसले फाल्ने पर्यावरणीय प्रदूषणलाई कसरी समाधान गर्ने भनेर जुटिरहेका बेला हाइड्रोजन उर्जाले एउटा ठूलो सम्भावना देखाएको छ। उर्जा निर्माण गर्ने उद्योगहरु, परम्परागत तेल कम्पनीहरु, ग्यास कम्पनीहरुका सामू पेरिस सम्झौताअनुसार सस्टेनेबल गोलका लक्ष्यहरु एउटा ठूलो चुनौति बनेर खडा भएका छन्। सबैलाई आसन्न यी लक्ष्यहरु भेट्न अगाडी देखिएका चुनौतिहरुलाई कसरी समाधान गर्ने कसरी उर्जाका बढ्दो मागहरुलाई हरित ऊर्जाका माध्यमले समाधान गर्ने भन्ने बिषय आजको वैश्विक चुनौती बनेको छ सबैका सामु। अर्कातिर कोबिड्को कहरले बिश्वोका मान्छेहरुलाई उनीहरुका यावत स्वभाब खानपिन देखि प्रयोग गर्ने इन्धन, चढ्ने कार, लगाउने कपढा सम्मका सबै क्षेत्रमा सस्टेनेवल बिजनेस मोडेल अपनाउनु पर्ने दरो संदेश दिएको छ।   

दुनिया बदलिँदो छ प्रविधिहरू बदलिरहेका छन्। नयाँ प्रविधिहरु आउँदै जाने क्रम तीव्रतर देखिन्छ। समयको बदलिदो क्रमसँगै जसले नयाँ प्रविधि नयाँ बिजनेस मोडललाई अप्नाएको हुन्छ त्यसैले विकासको गतिमा फड्को मारेको देखिन्छ। अहिलेको दुनियामा क्लाउड कम्प्युटिङ, बिग डेटा, एआइ यानी आर्टिफिसियल इन्टेलिजेन्स, आइवटि,  मशीन लर्निग जस्ता  प्रविघिहरु जसले समयमै अपनाउँछ त्यसको उन्नति भएको देखिन्छ। यस्ता प्रविधिहरू समयमै प्रयोग नगर्नाले व्यवसायहरु घारासायी भएका पाइञ्चन। यस्तै कुरा ऊर्जाको सम्बन्धमा पनि लागू हुने गर्दछ।ऊर्जाको प्रयोगमा विश्वमा बढ्दै गएको नयाँ प्रविधि नयाँ प्रयोगलाई समयानुकूल नेपालले पनि पछ्याउनु बुद्धिमानी  ठानिन्छ।

नवीकरणीय ऊर्जाको युग

कोरोना कहरको समाप्तिपछि नवीकरणीय ऊर्जाको क्षेत्रमा एउटा ठूलो फड्को मार्नेमा कुनै दुविधा रहेन ।  कोरोनाकालमा सबै प्रकारका व्यवसायहरुले हावा खाइरहेको सुनिदै आएपनि नवीकरणीय ऊर्जाको क्षेत्रमा एउटा उत्साहप्रद प्रगति देखिएको छ। नवीकरणीय ऊर्जाका शेयरबजारहरु आकासिएको समाचारले जनाएका छन्। एलन मस्क दक्षिण अफ्रिकामा जन्मीएका क्यानाडाली अमेरिकी इलेक्ट्रिकल इन्जिनियर आविष्कारक नवीकरणीय  ऊर्जाउद्यमी हुन्। उनी पेपलका सहसंस्थापक थिए। यो व्यवसाय उनले १.५  बिलियनमा बिक्री गरे इबेलाई। आफ्नो बिजनेस मोडेललाई परिवर्तन गर्दै उनले  स्पेस-एक्स टेस्ला मोटर्स स्थापना गरे। उनी स्पेस-एक्सका प्रमुख कार्यकारी र मुख्य डिजाइन र टेस्ला मोटरमा  सिइयो र उत्पादन डिजाइनका प्रमुख र सोलार सिटीका अध्यक्ष छन्| नवीकरणीय उर्जाको सहि बिजनेस मोडेलले उनलाई कोरोना कहरका बीच  २०९ बिलियनको धनि बनाएर बिश्वोका धनि लिस्टमा उकालेको छ।

हाइड्रोसँगै हाइड्रोजन

वर्तमान परिस्थितिमा हाइड्रोजन उर्जाको उपयोगितालाई मध्यनजर गर्दै विश्वका कैयौं विकसित तथा विकासशील देशहरुले  हाइड्रोजन ऊर्जाको विकासमा निकै महत्वपूर्ण भूमिका खेल्दै आएको पाइन्छ। संसारभरका ठुला अटो मोबाइल  कम्पनीहरुले पनि अब हाइड्रोजन फ्युल  सेलबाट चल्ने सवारी साधनहरूको विकासमा जोड दिन थालेका छन्। यो वैकल्पिक कार्बन शून्य  उर्जा व्यवस्थाले बढ्दो वातावरणीय प्रदूषणलाई कम गर्न विश्वका सबै देशहरुलाई सन् २०५० सम्म कार्बन शून्य बनाउन ठूलो प्रेरणा मिल्नेछ।

No description available. हाइड्रोजन फ्युल  सेलद्वारा पानीमा कुनै प्रकारको प्रदुषण तत्व हुँदैन यही उत्प्रेरक शक्तिले हाइड्रोजनको उपयोग बढ्दै जाने देखिन्छ। यतिमात्र होइन कि यो हाइड्रोजन फ्युल सेल मात्र पाँचदेखि सात मिनेटमा भर्न  सकिन्छ कारमा।  एकपटक फ्युल भरेको  कारले चार  सयदेखि छ  सय किलोमिटर सम्मको यात्रा तय गर्ने हुन्छ। हाइड्रोजन फ्युल सेललाई  ब्याट्रीसँग पनि तुलना गर्न सकिन्छ। जर्मनीले इस्पात उत्पादनको लागि कोइलाको ठाउँमा हाइड्रोजन ऊर्जाको सफल प्रयोग गरेको छ। जहाँ रेल परियोजनामा पनी हाइड्रोजन उर्जाको प्रयोग सुरु भएको छ। हाइड्रोजन बसहरु सडकमा दौडिएको धेरै भइसकेको छ। एअर बसहरु  शुन्य कार्वनका लागि फ्युल सेलबाट बायु यानहरु  कसरि उडाउने  भन्ने अनुसन्धान भैरहेको छ। केहि बर्षमा नेपालको हाइड्रो पावरबाट ठूलो उत्पादन हुने बताई रहंदा बढी भएको बिजुली भारतले नकिन्ने भए तेसै खेर जाने हल्ला चलिरहेका बेला नेपालले समयमै बढी भएको बिजुली हाइड्रोजन उर्जामा बदलेर फ्युल सेलको रुपमा संसार भरि निर्यात गर्नु पर्ने तर्फ़ सोच्नु पर्ने बेला हो यो।  नेपाल हाइड्रो र हाइड्रोजनको देशको रुपमा चिनाउनु पर्ने देखिन्छ। बढी बिजुली खाने सिमेन्ट, स्टिल, रासायनिक मल कारखानाहरु हाइड्रोजन उर्जाले चलाउनु पर्छ।

रासायनिक मलको उत्पादनमा हाइड्रोजनको प्रयोग

नेपालको कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादनमा २७ प्रतिशत योगदान पु-याइरहेको देखिन्छ ।  देशको कुल जनसंख्याको ६५ प्रतिशत मानिसहरुको जीविकोपार्जनको मुख्य स्रोत कृषि  नै हो । दुर्भाग्य कृषि मलको अभाबमा किसानहरुले भोग्ने हरेक बर्षको दुखेसो एउटा रास्ट्रिय लज्जाको बिषय भएको छ। नेपालमा हरेक वर्ष करिब सात लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्छ । नेपालमा आर्थिक वर्ष २०७६/७७ मा रासायनिक मल आयात गर्न नौ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो र  यो  आर्थिक वर्षमा यो रकम ११ अर्ब रुपैयाँ पुर्‍याइएको छ । यसरि देशले हरेक बर्ष ११ अर्ब छिमेकी देशमा पुर्याई रहेको छ कृषि मलका नाममा। अर्कातिर उर्जाका नाममा पेट्रोलियम पदार्थ र बिजुली समेत गरेर बर्षको ३ खर्ब रुपैया हामी बिदेशमा पठाई रहेका छौं। 

हाम्रो बिकासको यो परनिर्भर मोडेल बिजुली बेचेर देश धनि हुन्छ भन्ने झुटो आश्वाशन सबै भन्दा खतराको संकेत हो। देश बिकशित हुन बिजुली बेचेर होइन बिजुलीले बनेका औधोगिक बस्तु अन्तरास्ट्रिय बजारमा पठाएर त्यसबाट आउने बैदेशिक मुद्राले देश धनि हुन्छ। त्यसका लागि हामीले धेरै बिजुली खपत हुने रासायनिक कृषि मल कारखाना खोल्नु पर्यो। सिमेन्ट स्टिल जस्ता उधोगहरुलाई  प्रोत्साहन गर्नु पर्यो। अबको केहि बर्षमा बिजुली खेर जाने भनेर रोइलो गर्ने होइन कसरि त्यो बिजुलीको खपत बढाउने ? कसरि त्यो बिजुलीलाई फ्युल सेलका रुपमामा संचय गरेर गाडीहरु चलाउने कारखानाहरु कुदाउने भन्ने तर्फ लम्कन ढिला भै सक्यो। एसियाली विकास बैङ्क (एडीबी)को अध्ययन प्रतिवेदनअनुसार नेपालमा हाइड्रोजन उत्पादन ऊर्जा क्षेत्रको नयाँ र प्रभावकारी विकल्प बन्ने देखिन्छ । एइमिङ जोउ, वेई जोउ र पुष्कर मानन्धरले गरेको संयुक्त अध्ययनअनुसार नेपालको जलस्रोतको सम्भावना हाइड्रोजनमा प्रसस्त देखिन्छ।

काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा भोला थापाका अनुसार "यस पद्धतिमा पानीबाट जलविद्युत् निकाल्ने  र त्यही विद्युत् प्रयोग गरेर पानीलाई खण्डीकरण गरिन्छ । इलोक्ट्रोलाइजर प्रयोग गरेर पानीमा रहेको हाइड्रोजनको अंश छुट्याएर सिलिन्डरमा भण्डारण गरिन्छ ।"

हाइड्रोजन ऊर्जाको महत्वलाई समयमै बुझेर  युरोपियन युनियनले  सन्  २०५०  सम्म  कार्वन  निउट्रल  बनाएर  क्लाइमेट  चेन्जसंग  जुध्न  १  ट्रिलियन   डलरको  व्यवस्था  गरेको  छ | फ्युल  सेल  टेक्नोलोजीलाई  दक्षिण  कोरियाले  ठूलो  महत्वो  दिएको  छ  तेस्तै  जापानको  टोयोटा  कम्पनिले  हाइड्रोजन  फ्युल  सोसाइटी  बनाउन  मल्टी बिलियन  डलरको  आयोजना  अगि  सारेको  देखिन्छ  | अमेरिकाका नवनिर्वाचित  रास्ट्रपति  जो  बाइडेनले  १.७  ट्रिलियन  डलरको  कार्यक्रम  अगि  सारेका  छन्  सन्  २०३०  सम्म  सफा  इन्धनको  महत्वाकान्छी   योजनामा  | उनले  पेरिस  महासन्धिमा  अमेरिकाको  प्रतिबद्धता  जनाए  सपथ  लिएकै  दिन  |  हाम्रो छिमेकी भारतले सन् २००५  मै राष्ट्रिय हाइड्रोजन नीति तयार गरेको देखिन्छ।जसको उद्देश्य हाइड्रोजन उर्जाको उत्पादन भण्डारण परिवहन सुरक्षा वितरण र अनुप्रयोग सँग सम्बन्धित विकासको नयाँ आयाम उपलब्ध गराउनु थियो। आर्थिक वर्ष २०२०-२१ मा भारतको केन्द्र सरकारले हाइड्रोजन उर्जाका लागि २ मिलियन डलरभन्दा बढीको बजेट तय गरेको छ। हाइड्रोजन उर्जाको  लागि  बिश्वोस्तरमा भएको प्रयासको प्रेरणाबाट  नेपालले  तुरुन्त  सिक्नु  पर्ने  देखिन्छ  | किनभने नेपालमा  कृषि अपशिष्ट र पुनर्नवीनीकरण योग्य फोहोरको पर्याप्त उपलब्धता छ। पानीको  बिशाल  भण्डार  छ | तीन सय दिन घाम लाग्ने आकास छ। हावा लागि रहने बतासे डांडाहरुले घेरिएको छ। 

यसबाट नेपालले पनि समयमै हाइड्रोजन ऊर्जासम्बन्धी नीति नियम बनाउन यस सम्बन्धी एउटा आयोग तुरुन्त बनाउनुपर्ने देखिन्छ। सरकारले गत १२ वर्षमा प्रदूषण शुल्कका नाममा करिब रु.१० अर्ब असुल गरिसकेको छ । नेपाली उपभोक्तले आर्थिक वर्ष २०६५/०६६ देखि आव ०७६/७७ सम्म सरकारलाई ९ अर्ब ८० करोड गैर कर राजस्व बुझाएको नेपाल आयल निगमको तथ्यांकले देखाउँछ । यो प्रदूषण शुल्क हो ।यो प्रदूषण शुल्क देशको वातावरणीय क्षेत्रमै खर्च हुनु पर्ने चर्को आवाज उठी रहेपनि सरकारी पक्षले सुनेको देखिदैन। के  यो  पैसाको  केहि  अनुपात हाइड्रोजन  उर्जाको  विकास गर्ने  आयोग  बनाउने काममा खर्च गरे देशले  कोल्टे  फेर्ने  थियो कि ?  काठमाडौंको टेकुको रहेको सवारी परीक्षण केन्द्रमा जोडिएका ६ करोड रुपैयाँका मेसिनहरुमा माकुरोको जालो लागेको छ । यो सेन्टर चलाए नेपालमा चलिहरेका धेरैजसो सवारी प्राविधिक रुपमा अयोग्य ठहरिने भएपछि प्रयोगविहन बनाएर छडिएको पाइन्छ। हाइड्रोजन फ्युल सेलमा  देशको यातायात  क्षेत्रलाई  बदल्न  त्यस  तर्फ़  अनुसन्धान सुरु गर्न ढिला गर्नु हुदैन |

अन्त्यमा, 
११० बर्षको नेपाली हाइड्रो पावरको विरासतलाई ५ बर्षमा हाइड्रोजन उर्जाले चिनाउने चुनौती नेपालका सामु आएको छ। काठमाडौँ विश्वविद्यालयले शैक्षिक प्रयासका अतिरिक्त नीति निर्माता तथा सरोकारवालाबीच चर्चाको विषय बनाउने गरी ग्रिन हाइड्रोजन ल्याब स्थापना गर्नु एउटा ठूलो कार्य हो । ‘हाइड्रोजन उत्पादनलाई व्यावसायिक स्वरूप दिनेगरी केही योजना पनि केयूले गरिरहेको’ प्रा.बिराज सिङ्ग थापाले बताउनुभयो । यहि  सत्यलाई  मध्ये  नजर  गरेरै  नेपाल  आयेल  निगमका  कार्यकारी  प्रमुख  सुरेन्द्र कुमार पौड्यालको नेतृत्वमा काठमानडौबिश्वबिध्यालयसंग हाइड्रोजनउर्जा  प्रविधिलाई  कसरि  नेपालमा  लागु  गर्न  सकिञ्छ  भनेर  अनुसन्धानको  लागि  भर्खरै  सम्झौता  भएको  छ  | एमओयुमा केयुबाट स्कुल अफ इन्जिनियरिङका डीन डा. डम्बरबहादुर नेपाली र निगमबाट निर्देशक दीपक बरालले हस्ताक्षर गरेका छन्।कार्यक्रममा निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेल र केयुका उपकुलपति  डा. भोला थापाको उपस्थिति रहेको थियो। हाइड्रोजन  उर्जामा  यो  एउटा  कोशे  ढुंगा  साबित  होस्  | विश्वमा  चल्दै  गरेका  नया  उर्जा  मोडेलहरुबाट पाठ सिक्दै नेपाललेउर्जा  भनेको  पारम्परिक  जिबास्म  उर्जा  र  हाइड्रो  पावर  मात्र  होइनन  नवीकरणीय  उर्जा , हाइड्रोजन  उर्जा  सबैलाई  उर्जा  मिश्रणमा  सामेल  गर्दै  अघि  बढ्नु  पर्ने  चुनौती  थपिएको  छ | "टू मेक एन इनर्जी फिक्स, वि निड एन इनर्जी मिक्स" ब्रिटिश  पेट्रोलियम कम्पनीको यो मूल मन्त्र अब नेपाल आयेल निगमले पनि पछाउदै अगि बढोस नेपालको उर्जाको सुदुर भविष्यमा नयाँ नयाँ बिजनेस मोडलको सुरुवात संगै। 

(लेखक डा. रामहरि पौड्याल बेलायत स्थित स्वान्जी युनिभर्सिटिमा अनुसन्धानरत नवीकरणीय उर्जाविद हुन्।)

ad
ad ad