ad

युभेन्टसले जित्दा रोनाल्डोको २ गोल 

एजेन्सी
मङ्गलबार, फागुन ११ २०७७
image

इटालियन सिरि ए मा युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा क्रिष्टियानो रोनाल्डोको दुई गोल मद्दतले क्रोटोनमाथि ३–० गोलको जीत दर्ता गर्दै तेस्रो स्थानमा उक्लिएको हो ।

युभेन्टसले तालिकामा ४५ अंकसहित तेस्रो स्थानमा पकड बनाउँदा ४९ अंक जोडेको एसी मिलान दोस्रो र ५३ अंक जोडेको इन्टर मिलान शीर्ष स्थानमा छ ।

युभेन्टसले घरेलु मैदानमा क्रोटोनमाथि जित दर्ता गर्दा ३८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफको अतिरिक्त समयमा उनै रोनाल्डोले व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरेपछि युभेन्टस सहज जित तर्फ अघि बढेको थियो ।

दोस्रो हाफमा पनि युभेन्टसले थप एक गोल गर्न सफल भयो । ६६ औं मिनेटमा वेस्टन म्याकानाइनले गोल गरेपछि युभेन्टस फराकिलो अन्तरले विजयी भयो ।

पराजित भएको क्रोटोन भने १२ अंक जोड्दै पुच्छारबाट शीर्ष स्थानमा छ । 
 

ad
ad ad