ad

प्रिमियर लिग : म्यानचेस्टर सिटी, युनाइेटड र लेस्टरकाे जीत

एजेन्सी
सोमबार, फागुन १० २०७७
image

इंग्लिस प्रिमियर लिगमा शीर्ष तीन स्थानका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइनटेड र लेस्टर सिटी विजयी भएका छन् ।

आइतबार राति भएको खेलमा सिटीले आर्सनललाई १–० गोल अन्तरले पराजित गर्दै तालिकामा १० अंकको अग्रता कायमै राखेको छ ।

म्यानचेस्टर सिटीलाई जिताउन रहिम स्टर्लीङले दोस्रो मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै म्यान्चेस्टर सिटीले प्रिमियर लिगका २५ खेलबाट ५९ अंक जोड्दा समान खेलबाट ४९ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहेको छ ।

म्यान्चेस्टर युनाईटेडले आइतबार राति न्युकासल युनाईटेडमाथि ३–१ को जित निकाल्यो ।

खेलमा म्यानयूलाई विजयी गराउन मार्कस रास्फोर्ड, ड्यानिएल जेम्स र ब्रुनो फर्नान्डेजले एक एक गोल गरे ।

यसैगरी लेस्टर सिटीले एस्टाने भिल्लामाथि २–१ गोल अन्तरले जीत दर्ता गर्दै दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गरेको छ ।  लेस्टर तेस्रो स्थानमा छ ।
प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हटस्परलाई २–१ ले हराउँदै वेष्ट ह्याम युनाईटेड अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

ad
ad ad