ad

पीएसजी घरेलु मैदानमै पराजित

एजेन्सी
सोमबार, फागुन १० २०७७
image

फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा साबिक विजेता पीएसजी मोनाकोसँग २–० गोलले पराजित भएको हो । पाहुना टोली मोनाकोका लागि छैठौँ मिनेटमा डिओप तथा ५१ औँ मिनेटमा मारिपानले गोल गरेका हुन् ।

पीएसजीको प्रशिक्षकका रुपमा माउरिसिओ पोकेतिनोको यो दोस्रो हार हो । पराजित भएको पिएसजी २६ खेलबाट ५४ अंकसहित तेस्रो स्थानमा छ ।

चौथो स्थानको मोनाकोको समान खेलबाट ५२ अंक रहेको छ। आइतबार राति नै भएको खेलमा लोरिएन्तलाई ४–१ ले पराजित गरेको लिले २६ खेलबाट ५८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

ad
ad ad