ad

सारंगी संरक्षणका अभियन्ता धनबहादुर गायकको निधन

सोमबार, माघ १२ २०७७
image

काठमाडौं : सारंगी संरक्षणका अभियन्ता, चर्चित गायक एवं शब्द संकलक धनबहादुर गायकको निधन भएको छ । छाती र फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पताल भर्ना भएका ५९ वर्षीय गायकको सोमबार विहान निधन भएको हो ।

पोखरा १६ निवासी कलाकार गायक स्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका थिए । उनको आइसियुमा उपचार भइरहेको थियो ।

उनका यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली, फूल माया नभुल लगायतका गीतहरु चर्चित छन् । उनी पछिल्लो समय युवापुस्तालाई सारंगी सिकाउने अभियानमा जुटेका थिए ।

उनले चलाएको सारंगी पाठशालाले बालबालिकालाई निशुल्क रुपमा सारंगी र मादल लगायत वाद्यवादन सामग्री बजाउन सिकाउदै आएको छ ।

ad
ad
ad