ad

रहेनन् गीतकार रिमाल

शनिबार, पौष २५ २०७७
image

काठमाडौं : वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ । ८६ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो । लामो समयदेखि अस्वस्थ रिमाललाई स्मरण शक्ति ह्रास हुने अलजाइमर्सको समस्या देखिएको थियो ।

पछिल्लो समय उनलाई महाराजगञ्जस्थित चिरायु अस्पतालमा राखेर उपचार गरिएको थियो । उनका गीतमध्ये नारायण गोपालले स्वर दिएको ‘जुन फूल मैले चाहेको थिएँ’, अरुणा लामाले स्वर दिएको ‘उदास मेरो जीवन कथा’लगायत थुप्रै गीत लोकप्रिय छन् ।

रिमालका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन् । विक्रम सम्वत् १९९२ माघ तीन मा काठमाडौंको ठमेलमा जन्मिएका रिमालले पाँच सयभन्दा धेरै गीतको रचना गरेका छन् ।

ad
ad
ad