ad

हरिवंश आचार्यको व्यंग्यात्मक गीत 'एउटा कुरा छ' सार्वजनिक (भिडियो सहित)

मङ्गलबार, पौष २८ २०७७
image

काठमाडौं : हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । ‘एउटा कुरा छ’ बोलको गीत 'मह संचार' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

गीतमा शब्द, संगीत र स्वर हरिवंश स्वयंको छ । भिडियोमा हरिवंश स्वयंले अभिनय गरेका छन् । गीतले राजनीति र कर्मचारीतन्त्रमा रहेको भ्रष्टाचारी प्रवृत्तिलाई व्यङ्ग्य गरेको छ । 

सत्यदीप केसीले खिचेको भिडियो रामकाजी कँडेलले सम्पादन गरेका छन् । भिडियो निर्देशन सागरराज शर्माले गरेका छन् । ‘एउटा कुरा छ’ गीतलाई दर्शकले रुचाएका छन् । जनवरी ६ तारिखमा सार्वजनिक गरिएको गीतलाई हालसम्म २ लाख ५९ हजार बढीले हेरिसकेका छन् ।

ad
ad
ad