ad

प्रा. सुवेदी नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ निर्वाचित

बिहीबार, पौष २ २०७७
image

काठमाडौँ : नेपाल प्रज्ञा-प्रतिष्ठानको हालै बसेको प्राज्ञ सभाको बैठकले अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको ख्याति तथा गौरव बढाउन उल्लेख्य योगदान पुराएको भन्दै प्रा . डा. सूर्यप्रसाद सुवेदीलाई नेपाल प्रज्ञा-प्रतिष्ठानको मानार्थ प्राज्ञ निर्वाचित  गरेको छ।

नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ परिषदले गरेको मनोनयनको आधारमा प्राज्ञ सभाको बैठकले उक्त निर्णय गरेको हो। नेपालका प्रसिद्ध इतिहासविद प्रा. डा. महेशराज पन्त र प्रा. सुवेदी दुवैलाई प्रज्ञा-प्रतिष्ठानको मानार्थ प्राज्ञ निर्वाचित गरिएको हो। आफ्नो विधामा मूर्धन्य व्यक्तित्त्वको रूपमा स्थापित अत्यन्तै थोरै व्यक्तिलाई मात्र नेपाल प्रज्ञा-प्रतिष्ठानले  मानार्थ प्राज्ञ निर्वाचित गर्ने परम्परा  छ।  गएको आठ-दश बर्षको अन्तराल पछि मात्र यसरL नेपालका दुइ मूर्धन्य प्राज्ञिक व्यक्तित्वहरु मानार्थ प्राज्ञ निर्वाचित  गरिएका  हुन् ।

नेपालको यस्तो प्रतिष्ठित राष्ट्रिय संस्थाले आफुलाई मानार्थ प्राज्ञ निर्वाचित गरेकोमा आफु गौरवान्वित भएको  प्रा. सुवेदीले बताए।  उनले  प्राज्ञसभा र प्रज्ञा प्रतिष्ठानका पदाधिकारहरू प्रति आभार व्यक्त गर्दै  क्रिसमसको मुखमा आएको यो खबरलाई ‘नेपालबाट आएको क्रिसमस उपहार’ भनि खुशी पनि व्यक्त गरे।

बेलायतको लीड्स विश्वविद्यालयका प्राध्यापक सुवेदीलाई अन्तर्राष्ट्रिय कानून र मानव अधिकारको क्षेत्रमा आफ्ना कृतिहरुद्वारा उत्कृष्ट योगदान गरेको भन्दै गत वर्ष अक्सफोर्ड विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गरेको थियो भने यसै वर्ष बेलायतकै हल विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि प्रदान गरेको थियो।

ad
ad
ad