अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजमा नयाँ नेतृत्व

बुधबार, कात्तिक २६ २०७७
image

लन्डन -- संसारभर छरिएर रहेका बागलुङेहरुको साझा संस्था अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजको प्रथम अधिवेशन शनिवार सम्पन्न भएको छ।

भर्चुअल माध्यमबाट आयोजित अधिवेशनले स्पेन निवासी एकराज गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। समितिका उपाध्यक्षहरुमा कृष्णप्रसाद शर्मा (युके), बेलुकाजी थापा (जापान), रमेश भट्ट (क़तार), दिपक गौतम (क्यानडा)  तथा सुमन बिष्ट (अष्ट्रेलिया) निर्वाचित भएका छन् ।महासचिबमा देबु पौडेल (बेल्जियम) निर्वाचित  भएका छन् भने सचिवहरुमा अशोक शर्मा (डेनमार्क), प्रेम सागर पौडेल (कोरिया) दीपेन्द्र आचार्य (पोर्तुगल) चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा सिद्धार्थ श्रेष्ठ (जापान) र सह-कोषाध्यक्षमा महेशकुमार खाती (डेनमार्क) निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी महादेशहरुमध्ये अमेरिका संयोजकमा नवराज पन्त (अमेरिका), युरोप संयोजकमा महेन्द्र खड्का (डेनमार्क) र एसिया संयोजकमा बिष्णु चापागाई (मलेशिया) चयन भएका छन् । सदस्यहरुमा चन्द्रकान्त शर्मा, सन्तोष शर्मा, सज्जन हमाल, बमबहादुर जि.सी, ज्ञानु शर्मा, कर्ण बुढाथोकी, गमबहादुर बि.क र बिदुर गौतम चयन भएका छन्  । साथै सबै देशमा रहेका बागलुङ समाजका अध्यक्ष तथा संयोजकहरु पदेन सदस्य रहने छन् ।

निर्वाचित नयाँ कार्यसमितिको घोषणा निर्वाचन समितिका संयोजक तथा निवर्तमान अध्यक्ष होमनाथ शर्माले गरेका थिए ।

ग्लोबल नेप्लिजसंग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष गिरीले समाजले बाग्लुंगका निर्वाचित जनप्रतिनिधिहरुसंग अन्तरक्रिया गरी बाग्लुंगका उत्पादन संसारभरि चिनाउने र निर्यात गर्ने वातावरण बनाउन काम गर्ने बताए।  प्रवासमा रहेका बाग्लुंगवासीहरुले आफ्नो गाउँ, ठाउंको विकासमा सक्दो सहयोग गर्दै आएका छन्।  अब हामी, व्यवस्थित र योजनावद्ध रुपमा हामी संग रहेको ज्ञान, सीप र श्रोतलाई परिचालन गरी अगाडि बढ्ने छौं," उनले भने। 

कार्यक्रम दुई चरणमा भएको थियो। पहिलो चरणको खुला सत्रमा प्रमुख अतिथिका रुपमा बाग्लुङ क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद देबेन्द्र पौडेल र क्षेत्र नं १ बाट निर्वाचित सांसद सूर्य पाठक रहेका थिए। दोस्रो चरणको बन्द सत्रमा संस्थाको आर्थिक तथा सामाजिक प्रतिवेदन अधिवेशन समन्वय समितिका सदस्य कृष्ण प्रसाद शर्माले प्रस्तुत गरेका थिए । निर्वाचनका लागि  विभिन्न देशमा बनेका बाग्लुङ समाजका तर्फबाट प्रतिनिधिहरू र गठन प्रकृयामा रहेका देशबाट समेत प्रतिनिधिहरू उपस्थित थिए।

हालै बाग्लुङको ढोरपाटनमा गएको बाढी पहिरोमा परि ज्यान गुमाएका र घरबारविहीनहरुका लागि एकीकृत वस्ती पुननिर्माण गर्न विदेशमा रहेका बाग्लुङबासीहरूबाट सहयोग जुटाउन उपाध्यक्ष शर्मालाई संयोजक तोकिएको छ।

कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष होमनाथ शर्माको अध्यक्षता भएको थियो भने संचालन अधिवेशन समन्वय समितिका सदस्यद्वय एकराज गिरी र बेलु थापाले गरेका थिए।

ad
ad