ad

रहेनन् संगीतकार राणा

मङ्गलबार, कात्तिक १८ २०७७
image

काठमाडौं : संगीतकार उदय शमशेर राणाको निधन भएको छ । राणाको ७५ बर्षको उमेरमा मंगलबार राति अमेरिकाको सियाटलमा निधन भएको हो । उनको जन्म  २००२ साल माघ २१ गते भएको थियो ।

राणा नारायण गोपाल र गोपाल योञ्जनका समकालिन हुन । राणाको संगीतमा प्रेमध्वज प्रधान, उदीतनारायण झा, मधु क्षेत्री, प्रकाश श्रेष्ठ, मीरा राणा, प्रदीपराज पाण्डे लगायतका  गायक, गायिकाहरुले गीत गाएका छन् ।

उनका ओम गुरुङले गाएको 'पहिलो भेट मीठो याद हुन्छ', ओमविक्रम विष्टले गाएको 'भन्नै सकिन मनका कुरा', उदितनारायण झा र मिरा राणाले गाएको ‘किन किन देखेर तिमीलाई’ जस्ता गीत चर्चित छन् ।

संगीतकार राणाका २ छोरा, १ छोरी र श्रीमती छन् । राणा एक दशकदेखि श्रीमती विजया राणासंग अमेरिकामा बस्दै आएका थिए ।

ad
ad
ad