ad

गायक दावा गुरुङको 'हिजो जस्तो लाग्छ' सार्वजनिक (भिडियोसहित)

शनिबार, मङ्सिर १३ २०७७
image

काठमाडौं : गायक दावा गुरुङ र वानिका प्रधानको युगल स्वरमा रहेको 'हिजो जस्तो लाग्छ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गीतमा शब्द , संगीत स्वयम् गायक दावा गुरुङको रहेको छ।  यस गीतलाई रोमी बस्नेतले संगीत संयोजन गरेका हुन् ।  

म्युजिक भिडियोमा  विवाहित जोडीको पहिलो डेटिङ र जिन्दगीका रमाइला पलहरुको स्मरण गरिएको छ।  भिडियोमा आकाश श्रेष्ठ र गरिमा शर्मा फिचर्ड छन् । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।  

२०५६ साल बाट आफ्नो संगीत यात्रा प्रारम्भ गरेका गायक गुरुङले हालसम्म २ वटा स्टुडियो एल्वम र अन्य थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् ।  २०६५ सालमा गायक गुरुङ 'भन्दिन म तिमीलाई' बोलको गीत बाट ईमेज अवार्ड  र हिट्स एफएम अवार्ड बाट समेत सम्मानित भैसकेका छन् ।  

अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक गुरुङको  च्यानल 'सिङ्गर दावा गुरुङ अफिसिएल' मार्फत भिडियो सार्वजनिक भएको हो ।

हेर्नुहोस् भिडियो :

ad
ad
ad