घुमघाम स्वीट्जरल्याण्डको, सम्झना नेपालको  (हेर्नुहोस्  भिडियोमा)

आइतबार​, कात्तिक २३ २०७७
image

बार्सिलोना --नेपालजस्तै भूगोल । डाँडाकाँडा हिमाल र पहाड । क्षेत्रफल र जनसंख्या दुवै हिसाबले नेपालभन्दा लगभग साढे तीन गुणा सानो । एउटा संघीय, लोकतान्त्रिक,गणतान्त्रिक मुलुक हो स्वीट्जरल्याण्ड ।

नेपाललाई पनि स्वीट्जरल्याण्डजस्तै उन्नत मुलुक बनाउने भन्दै नेपाली राजनीतिज्ञहरुले  पटक-पटक बताउदै आएका छन्। स्वीटजरल्याण्डमा घुमेका, देखेका दृश्य र कुराकानीसहितको भिडियो कथा -डकुमेन्ट्री हालै सार्वजनिक भएको छ।  युरोपबाट सक्रिय रुपमा कलम चलाउंदै आएका पत्रकार बसन्त रानाभाटसहितको टिमले उक्त भिडियो तयार गरेको हो।

शहरहरुको अवलोकन, अध्ययन विभिन्न भेटघाट तथा कुराकानीको आधारमा स्वीट्जरल्याण्डबाट नेपालले सिक्ने विषयलाई यात्रा अनुभूतिसहित भिडियोमा समावेश गरिएको रानाभाटले बताए।

“ सन् २०१९ मार्चको तेस्रो साता स्वीट्जरल्याण्ड यात्राको क्रममा हामीले दृश्यहरु खिचेका थियौं। सन् २०२० मा युरोपको नेपाली समुदाय माझ पुर्याउने लक्ष्य थियो। तर कोरोनाका कारण हामीले त्यसो गर्न सकेनौं। ढिलै भएपनि युट्युबमार्फत सार्वजनिक गरेका हौँ।” उनले भने।

लण्डनलाई कार्यथलो बनाएर बीबीसी नेपाली सेवामा लामो समय पत्रकारिता गरेका पत्रकार भगीरथ योगीले डकुमेन्ट्रीका लागि स्क्रिप्ट सल्लाहकारको रुपमा सहयोग पुर्याएका छन्। यात्रामा समेत सहभागी बनेका पत्रकार योगीको विश्लेषणलाई पनि भिडियोमा समावेश गरिएको छ।

स्वीट्जरल्याण्ड निवासी पत्रकार हिरालाल श्रेष्ठले भिडियो छायाङ्कन तथा सम्पादन गरेका हुन्। युरोपका चर्चित गायक  सुभास सुन्दास र संगीतकार रामु परियारले डकुमेन्ट्रीका लागि “नेपाल बन्छ स्वीट्जरल्याण्ड” बोलको  गीत तयार गरेका थिए।

हेर्नुहोस् भिडियो:

ad
ad