ad

रुकुममा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु

शनिबार, मङ्सिर १३ २०७७
image

रुकुम : रुकुम पश्चिममा शुक्रबार राति जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

५१ वर्षीय कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घटनास्थलमै मृत्यु भएको हो भने ५८ वर्षीय लालबहादुर नेपालीको उपचारका लागि कोहलपुर लाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

मृत्यु हुने पाँचै जना रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ८ का वासिन्दा हुन् । आठबीसकोट–१० दाँजेबाट जन्ती लिएर आठबीसकोटकै वडा नम्बर १० घारीखोला जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप दुर्घटनामा परेको हो ।

जन्तीलाई झारेर गाडी अगाडि बढाउने क्रममा गाडी पछि सरेर करिब सय मिटर तल खसेको जनाइएको छ।  जीपका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ad
ad
ad