ad

गायिका निरुशाको 'छलक छलक छल्क्यो माया' बजारमा 

बुधबार, कात्तिक ५ २०७७
image

कृष्ण प्रसाद शर्मा, ५ कार्तिक लण्डन  -- नेपालमा छँदा  उद्घोषिकाको रुपमा आफ्नो परिचय बनाएकी निरुशा भट्टराई अब गायिकाको रुपमा पनि देखिएकी छन् ।

पछिल्लो समय लण्डनमा बस्दै आएकी निरुशाले आफ्नो पहिलो गीत "छलक छलक छल्क्यो माया" नामक गीत नयाँ नयाँ न्युज नेपाल नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छन्। 

अष्ट्रेलिया बस्दै आएका संगीतकार दिपक सिलवालले संगीत भरेको गीतका शब्द पनि उनैका हुन्। ८ मिनेट लामो म्युजिक भिडियो रहेको गीतमा चर्चित कलाकारहरू पल शाह, बर्षा राउत र शिशिर भण्डारीले अभिनय गरेका छन्। 

फरक शैलीमा प्रस्तुति रहेको गीत अधिकाँशले रुचाएका छन्। 

ad
ad
ad