ad

महामारीका कारण रोजीरोटी गुमाएका लाखौं मानिसहरुलाई तत्काल नगद सहायता दिन नेपाल सरकारसंग आग्रह

डा. सतीश देवकोटा
बिहीबार, जेष्ठ ८ २०७७
image

संयुक्त राज्य अमेरिकामा अध्यापन गरिरहेका एक प्राध्यापकले नेपालमा कोरोना महामारीका कारण रोजीरोटी गुमाएका लाखौं मानिसहरुलाई तत्काल नगद सहायता दिन नेपाल सरकारसंग  आग्रह गरेका छन्।  

ग्लोबल नेप्लिज न्युज नेटवर्कसंग कुराकानी गर्दै  युनिभर्सिटी अफ मिनासोटा मोरिसमा अर्थशास्त्रका सहप्राध्यापक डा. सतीश देवकोटाले सांसद विकास कोष र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बचाएर निकालिएको रकम समाजमा रहेका गरिब, किसान, र मजदुरहरुलाइ एउटा मापदण्ड भित्र राखेर नगद सहायता (Cash Transfer) दिन र उद्योगी र व्यापारीहरुको केही महीनाको ब्याज मिनाह गरिदिन आग्रह गरे ।  गरीबीको रेखामुनि रहेका मजदूरहरुलाइ कम्तीमा आगामी तीन महिनासम्म  प्रति महिना रु १० देखि १२ हजार सम्म उपलब्ध गराउनु उपयुक्त हुन्छ, उनले भने।

"यस नीतिले बजारमा माग र पूर्तिलाइ कायम राख्न र पूर्ति श्रृंखलालाइ बिघटन हुनबाट जोगाइ राख्ने छ। यसो हुँदा कोभिड-१९ को प्रभाव रोकिँदा अर्थतन्त्र स्वतःस्फूर्त चलायमान हुन जान्छ र अर्थतन्त्रले चाँडो रिकभर गर्न सक्दछ," उनले भने।
 
सन् २०१९ को मध्य डिसेम्बरमा चीनको बुहानबाट सुरुभएर सन् २०२० को मध्य अप्रिलसम्म आइपुग्दा पूर्णरुपमा विश्व व्यापीकरण भइसकेको कोभिड-१९ ले बिश्वभर करिब  २४०,००० मानिसको ज्यान लिइसकेको छ। डा. देवकोटाका अनुसार नेपालको अर्थतन्त्रका बिभिन्न क्षेत्रहरुमा कोभिड-१९ को प्रभाव देहायबमोजिम पर्न सक्ने देखिन्छ।

आपूर्ति श्रृखलामा अवरोध (Supply Chain Disruption):- कोभिड-१९ को कारण श्रृजना हुनगएको बन्दाबन्दी अवस्थाले गर्दा बिष्वभरका उध्धोगहरु केहि समयका लागी बन्द भएका छन् । जसले गर्दा बस्तुहरुको उत्पादन केही समयका लागी रोकीन गएको छ भने बिश्व भरको आपूर्ति श्रृखला अबरुद्द हुन गएको छ। यसकारण उध्धोगहरुको उत्पादन र देशहरु बीचको बैदेशीक ब्यापार घट्न गइ बिश्वभरकै वास्तबिक कुल गार्हस्थ उत्पादन (Real GDP) घट्न जाने छ। यसै बीच मार्चको पहिलो साता साउदी अरेबिया र रशिया बिचको सम्बन्धमा आएको दरारका कारण बिष्व बजारमा तेलको मूल्य घट्न गएको छ। यसको असर Real GDP को बृध्दिमा सकारात्मक हुनुपर्ने भएता पनि त्यस प्रभावलाई पनि बन्दाबन्दीले निष्प्रभावी बनाइदिएको छ। यसका साथै बिश्वभर भएको बन्दा बन्दीले तेलको माग घट्न गइ तेलको उत्पादन र मूल्य दुबै घट्न जानेछन्। त्यसको प्रभाव पनि बिष्वको Real GDP को बृध्दिमा नकारात्मक नै पर्न जाने छ। यी सबै कुराहरुले नेपालको Real GDP को बृध्दि मा पनि नकारात्मक प्रभावनै पर्ने छ।

उत्पादकत्वमा गिरावट (Productivity Loss):-  आपूर्ति श्रृखलामा आएको अबरोध र बन्दाबन्दीको कारण नेपालमा ग्रामीण कृषी बाहेक उध्योग र शेवा क्षेत्रको उत्पादनमा गिरावट आउने छ। सेवा क्षेत्र भित्र होलसेल र रिटेल ट्रेड, होटल र रेस्टुरेन्ट, यातायात, पर्यटन, रियलष्टेट र रेन्टल, उर्जा र उर्जाको उपभोग, र अरु सामाजिक कृयाकलापहरुमा ब्यापक रुपमा कमि आउने छ। उध्योग धन्दा ठप्प रहने छन्। कृषी उत्पादनमा गिरावट नअाएता पनि अापूर्ति श्रृखलामा आएको अवरोधको कारण कृषी उत्पादनले बजार पाउन नसक्दा कृषी क्षेत्रको पनि Real GDP मा रहँदै अाएको कन्ट्रिब्युसन घट्न जानेछ। जसका कारण IMF ले प्रक्षेपण गरेजस्तै नेपालको Real GDP को बृध्दि दर यस बर्ष भरीनै महत्वपूर्ण रुपमा घट्ने छ। अर्थात नेपाली अर्थतन्त्र पनि मन्दी (Recession) को शिकार हुनेछ।

बेरोजगारीमा बृध्दि (Rise in Unemployment):- माथी उल्लेखित दुबै कारणले बिष्व बजार भर र नेपालमा पनि बेरोजगारी दरमा ब्यापक रुपमा बृध्दि हुनेछ। यदि कोभिड-१९ को कारण श्रृजित बन्धा बन्दी ले नेपालको Real GDP लाइ ३% बिन्दुले घटाउँछ भनेर मान्ने हो र नेपालमा Growth Elasticity of Employment १ देखी १.५% छ भन्ने मान्ने हो भने बन्धा बन्दिले नेपालमा जनसँख्या बृध्दिदरलाइ समेत एड्जष्ट गर्दा बेरोजगारी दर करिब ४.५% देखी ६% सम्मले बढ्ने देखिन्छ। यसका साथै नेपालमा दर्ता नभएका गरी करिब ६ लाख इन्फर्मल सेक्टरका सान ब्यापारहरु (small business such as tea shops in rural villages) छन् र तीनीहरू मध्ये धेरै बन्द छन्। त्यसले अर्को बिकराल बेरोजगारी श्रृजना गरेको छ।

गरिबी र पुनः गरिबीमा पर्नसक्ने खतरा (Poverty and Vulnerability to Poverty):- नेपालमा बिगत २२ बर्षमा प्रतीब्यग्ति अाय बार्षिक सरदर ३.२% ले बढ्दै अाएको छ भने सोही अवधीमा गरिबी भने बार्षिक सरदर १% ले घट्दै गएको हुँदा Poverty Elasticity of Growth -०.३१% रहन गएको देखिन्छ। यसरी हेर्दा यदि कोभिड-१९ को कारण नेपालको अार्थिक बृध्दि दर ३% ले घट्न गएमा गरिबी करीब १% ले बढ्ने देखिन्छ। यसका साथै यस बिपदले गरिबी को गहिराइ र जुनैकुनै बेला सानोतिनो अार्थिक वा प्राकृतीक सक हुँदा पुनः गरिबी को रेखामुनी झर्न सक्ने सम्भावना भएका नागरीकहरु (Vulnerable to Poverty Population) को सँख्या पनि बढाउने निस्चितनै छ।

बित्तिय संकट (Financial Crisis):- इन्स्टिच्युट अफ इन्टरन्यासनल फाइनान्सका अनुसार बिगत दुइ महिनामा मात्रै भारत, चिन, ब्राजिल, र दक्षिण अफ्रिका बाट मात्रै करिब ७९ बिलियन (अरब) अमेरीकी डलर बराबरको पूँजी बाहिरीएको छ। नेपालमा बैदेशीक प्रतक्ष लगानी कमै रहेको र नेपालको एक्वेटी मार्केट पनि राम्रो सँग बिकास हुन नसकेको हुँदा यसको असर त्यती ठूलो नभएपनि बैदेशीक प्रतक्ष लगानी घट्ने  र पहिलेदेखिननै त्यस्तो लगानी हुँदै आएका आयोजनाहरुमा पनि अगामी केही बर्ष त्यस्तो लगानी कम हुने सम्भावना ज्यादै छ।

कोभिड-१९ को कारण बिश्व अर्थतन्त्रमा श्रृजना भएको आर्थिक मन्दीको कारण बिदेशमा कार्यरत नेपालीहरुको बेरोजगारी बढ्ने र आम्दानी घट्ने हुँदा नेपालले प्राप्त गर्ने बिप्रेषण आय (Remittance) मा कमी अउने छ। यसैगरी बिदेशी पर्यटकहरुको अागमनमा कमी अाउँदा पनि बिदेशी मुद्राको आर्जनमा निकैनै कमी आउने छ। कोभिड-१९ को प्रभाव बिकसीत मुलुकहरुमा अत्यधीक रहन गएको हुँदा ती मुलुकहरुबाट आउने बैदेशीक सहयोगमा पनि ब्यापक कटौती हुनेछ।

यी सबै कारणले बिदेशी मुद्राको सँचितीमा कमी आउने र त्यसले नेपाली मुद्राको अबमूल्यन (Develuation) हुन जाने छ। यसका साथै भारतमा  बिदेशी मुद्राको सँचितीमा कमी आउनाले भारतीय मुद्राको पनि अमेरीकी डलर सँग अवमूल्यन हुन सक्ने सम्भावना ज्यादै छ। नेपालको भारत सँग फिक्स्ड एक्सचेन्ज रेट रहँदै आएको सन्दर्भमा भारतीय मुद्राको अवमूल्यन ले नेपाली मुद्रा अमेरीकी डलर सँग अरु अवमूल्यन हुन सक्ने सम्भावना रहेको छ। जसको कारण आयातमा आश्रीत नेपाली अर्थतन्त्रमा मुद्रास्फीति (Inflation) निश्चित छ।

यसरी हेर्दा नेपालको अर्थतन्त्र आर्थिक मन्दी (Recession) र मुद्रास्फिती (Inflation) को दोहोरो मार वा Stagflation को अवस्थाबाट गुज्रन सक्नेछ।
यसका साथै बिप्रेषण प्रवाहमा कमी आउँदा, र उध्योग धन्दाहरू र शेवा क्षेत्रहरु  ठप्प हुँदा बैकिङ क्षेत्रमा तरलताको अभाव हुन सक्छ। बैकिङ क्षेत्रको ऋण अशुली दर घट्न गइ खराब कर्जा बढ्न सक्छ र बैंकहरुको नाफा घट्न सक्छ। यसर्थ कोभिड-१९ ले नेपालको बैकिङ क्षेत्रमा पनि ठूलै नकारात्मक असर श्रृजना गर्न सक्नेछ।

बिदेशीएको जनशक्ति नेपाल फर्कंदा  पर्ने प्रभाव:- यो समस्या नेपालको लागी अर्को एउटा ठूलो चुनौती हुन जानेछ। यदि खाडीका राष्ट्रहरु, मलेशीया, र अष्ट्रेलीयाबाट नेपाली युवा युवतीहरु बेरोजगारीका कारण फर्कनु पर्ने स्थिती बनेमा त्यसले नेपालमा बिकराल बेरोजगारीको समस्या निम्त्याउने छ, विप्रेषण आयमा ब्यापक कमी आउने छ र त्यसले पुनः बिदेशी मुद्राको सँचितीमा कमी आइ नेपाली मुद्रालाइ अरु अवमूल्यन हुन बाध्यकारी अवस्था श्रृजना गर्ने छ। यस अवस्था श्रृजना हुनगएमा नेपालको अर्थतन्त्र आर्थिक मन्दि, उच्च बेरोजगारी, र उच्च मुद्रास्फितीका कारण जटिल मोडमा प्रबेश गर्ने छ।

करको दायरा घट्ने छ :- यसरी उत्पादनका सबै क्षेत्रहरु साँगुरिदै जाँदा करको दायरा घट्ने छ र नेपाल सरकारको कर आयमा कमी आउने छ। यस अवस्थामा राज्यको खर्चगर्न सक्ने अवस्थामा पनि ह्रास आउने छ। त्यसैले यस जटिल घडीमा सरकारका अर्थमन्त्रीबाट बिबेकशील बितीय ब्यवस्थापन अपेक्षाकृत छ।
सामाजिक-आर्थिक प्रभावहरु:- कोभिड-१९ का कारण बितरण गरिने राहत र सेवाहरुमा ब्यापक अपचलन हुन सक्ने र त्यसले आर्थिक असमानता र बिपन्न बर्गमाथी सामजिक अन्यायको अवस्था श्रृजना गर्न सक्ने हुँदा सरकार र सिँगो नागरिक समाज त्यस तर्फ चनाखो रहनु पर्ने छ। यसका साथै कोभिड-१९ का कारण समाजमा अशान्ति फैलन सक्छ, बेष्याबृत्ती बढ्न सक्छ, र सबैभन्दा बढी प्रभाबित नागरिकहरु, महिलाहरु, र बच्चा बच्चीहरुको दुरुपयोग (abuse of most vulnerable, women and children) हुनसक्छ। यसलाइ रोक्नु पनि सिँगो नागरिक समाज र राज्यको दाइत्व हुन जान्छ।

समाधानका उपायहरु:- यस जटिल परिस्थितीबाट मुलुकलाइ बाहिर निकाल्न नागरिक समाज  र प्रतिपक्षले सरकारलाइ रचनात्मक सहयोग गर्नु पर्दछ। अर्थात सरकारले गलत गर्दा समाधान सहित आलोचना र सही काम गर्दा सरकारसँग हातेमालो गर्नु पर्दछ। यसका साथै यस परिस्थितीबाट मुलुकलाइ बाहिर निकाल्न सरकारले अल्पकालिन र मध्य तथा दीर्घकालीन बिकास नीति अबलम्बन गर्नु उचित देखिन्छ। यी नीतिहरु अबलम्बन गर्दा मुलुकमा कोभिड-१९ ले श्रृजना गरेको आर्थिक संकटमोचन हुनुका साथै मूलुक समाबेशी समृध्दि पथमा अघी बढ्ने छ।

अल्पकालीन नीतिहरूका बारेमा माथि नै चर्चा गरिसकिएको हुँदा डा. देवकोटाका अनुसार सरकारले देहायका मध्यम र दीर्घकालीन नीतिहरु अबलम्बन गर्नु उचित हुनेछ।

लिजहोल्ड फार्मिंग र कृषी उत्पादनको आपूर्ति श्रृंखलाको निर्माण :- कृषी क्षेत्रको बिकास र बिस्तारका  लागी अन्तरीम नीजि लगानी कर्ताहरुलाइ लिज होल्ड फार्मीँग मोडेलमा औधोगिक स्तरमा ठुलो मास स्केल फार्मीँग गर्न प्रोत्साहित गरौं। यसले कृषी र गैह्र कृषी क्षेत्रहरुको उत्पादकत्व बढाइ ती दुबै क्षेत्रहरुमा अन्तरिक रोजगारी बृध्दि गर्ने छ र कृषी र कृषीजन्य बस्तुहरुको आयातलाइ प्रतिस्थापन गरी ब्यापार घाटा कम गर्नेछ। जसको फलस्वरुप बिदेशी मुद्राको सँचितीमा सकारात्मक प्रभाव पर्न जानेछ। कृषी क्षेत्रको बिकास सँगसँगै कृषीमा अधारित साना तथा मझौला उद्योगीहरु स्थापना हुनेछन् र ती दुबै क्षेत्रहरुमा बिदेशबाट फर्किएका युवा युबतीहरुलाइ रोजगारीको अवसरहरू श्रृजना गर्न सकिने छ।  यसका साथै उत्तरी अमेरीका र युरोपमा रहेका नेपाली मूलका उद्योगीहरुसँग समन्वय गरी कृषीको आपूर्ति श्रृखला स्थापित गर्न सकिने छ।

पर्यटन बिकासको गुरुयोजना तर्जुमा र पर्यटन पूर्वाधारको बिकास:- सरकारले अगामी केहिबर्ष नीजि क्षेत्रसँग समन्वय गरी पर्यटन बिकासको गुरुयोजना तर्जुमा र पर्यटन पूर्वाधारको बिकासमा लगाउनु उचित हुनेछ। जसका कारण पूर्वाधार निर्माणको क्रममा रोजगारी श्रृजना हुनुको साथै पूर्बाधार निर्माण पस्चात पर्यटन उध्योगको बिकास हुनगइ त्यस क्षेत्रले आर्थिक बृध्दि र रोजगारी श्रृजनामा महत्वपूर्ण भूमिका खेल्न सक्ने छ। यसले पनि बिदेशी मुद्राको आर्जन र सँचितीमा महत्वपूर्ण टेवा पुर्याउने छ।

शिक्षा क्षेत्रको बिकास:-
शिक्षा क्षेत्रको स्तर उन्नतिको लागी स्थानीय र प्रदेश सरकारहरुलाइ परिचालन गरौं। हरेक निर्वाचन क्षेत्रमा रहेका गाँउपालिका हरु र नगरपालिका हरू बाट निश्चित रकम जम्मागरि शिक्षाको स्तरोन्नति कोष खडा गरी स्कुल शिक्षक हरुलाइ तालिम दिने र तालिमका उपलब्धिहरु अनुगमन र प्रगती समीक्षा गर्ने पद्दतिको बिकास गरौं। यो कार्यक्रम तत्कालै सुरु गर्न सकिने छ भने स्तर उन्नतिका लागी अाबस्यक अन्य कार्यक्रमहरु योजनाबध्द तरिकाले क्रमैसँग अघि बढाउन सकिने छ।

स्वास्थ्य क्षेत्रको बिकास:-
स्वास्थ्य क्षेत्रको बिकास र स्तर उन्नतिका लागी साँसद बिकास कोष र प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ बन्द गरौं र त्यसबाट बचेको पैसा स्वास्थ्य क्षेत्र बिकास गुरुयोजना बनाइ सो क्षेत्रको बिकासमा खर्च गरौं। यो कार्यक्रम पनि तत्काल सुरु गर्न सकिन्छ।

अन्य दीर्घकालिन बिकासको लागी:-
 राज्यद्वारा पूर्बाधार निर्माण र वातावरण सँरक्षणमा लगानी,  नीजि क्षेत्रको लगानीमा जल बिध्धुतको बिकास, उचित र आवस्यक पूर्वाधार सहित औद्योगिक कोरीडोरको निर्माण गर्नसक्दा मुलुकले काँचुली फेर्ने छ। गर्दा र गर्ने चाहना हुँदा यी सबै कुराहरु नितान्त सम्भव छन्, द देवकोटाले भने।
 
( त्रिभुवन विश्वविद्यालय बाट भौतीक शास्त्र र तथ्याँक शास्त्रमा बिएस्सी र अर्थशास्त्रमा एमए गरेका डा. देवकोटाले सन् २००१ देखी सन् २००७ सम्म नेपाल विद्युत प्राधिकरणमा काम गरेका थिए । अमेरिकाको  वेन स्टेट  विश्वविद्यालयबाट सन् २०१२ मा अर्थशास्त्रमा विद्यावारिधि गरेका उनले इकोनोमेट्रिक्स, इकोनोमिक ग्रोथ र डिभलप्मेन्ट, हेल्थ केयर इकोनोमिक्स, र इन्भेस्टमेन्ट र पोर्टफोलियो एनालिसीस् बिषयहरु पढाउँछन्।  उनको अनुसन्धान एप्लाइड माइक्रो प्रस्पेक्टिभ अफ डेभलपमेन्ट र पोलिसीसँग सम्बद्ध छ। उनका हालसम्म १५ भन्दा बढी रिसर्च पेपरहरु प्रकाशित भएका छन्।) 

ad
ad
ad