ad

कोरोनाको लड़ाईमा डाक्टर जति नै जिम्मेवार  हरेक नागरिक: बेलायत अनुभव

जगन कार्की , लण्डन
बिहीबार, जेष्ठ ८ २०७७
image

कोरोन संकटका कारण संसारका अन्य मुलुक जस्तै बेलायतमा पनि दैनिक अवस्था नाजुक हुँदैछ, तर मृत्युको संख्या घट्ने संकेत देखिएको छ । लकडाउनमा घर भित्र बसेको पनि २ साता बढ़ी हुन लागेछ,  संक्रमण बढदो छ ।

 

अत्यावश्यक  समान किन्न बाहिर जान पाइन्छ, सुपरमार्केट अहिले सम्म खुल्लै छन् ।  सुपरमार्केटमा मान्छेको लिमिट अनुसार भित्र पस्न दिएका छन् ख़रीद र अत्यावस्यक सेवा केंद्रमा २-२ मिटरको दूरीमा लाइन कोरीएका छन् त्यहाँ उभेर पालो पर्खन पर्छ ।

 

खाद्यान्न अभाव छैन । अत्यावश्यक सेवा रोकीएको छैन सार्वजनिक यातायात अत्यावस्यक सेवाकर्मीहरूलाई ध्यानमा रखेर पातला चलाईएका छन । ७० वर्ष माथि उमेरका र स्वास्थ्य समस्या हुनेहरूलाई पूर्णतः आइसोलेट हुने सल्लाह दिईएको छ

 

फ़ोन नगरी अस्पताल नआउन भनिएको छ, यसर्थ अस्पताल पनि बन्द जस्तै छन् । इमर्जेंसी सेवा बाहेक फ़ोनबाट नै डाक्टर नर्सले सल्लाह दीने गर्छन् ।

 

मानव जीवनमा सायद त्यो जंगली अवस्थामा बाघ भालुदेखि बाँच्न यस्तो अवस्था आएको थियो होला जस्तो अहिले लाग्छ । मृत्यु बाहिर घुमी रहेछ, हामी बच्न ढोका थुनेर  लुकेर भित्र बसेका छौं ।

 

भयको कुरा बेलायतमा अस्पतालले जो बढी बाँच्ने सम्भावना छ उसको उपचार गर्ने प्राथमिकता सेट गर्ने रणनीति लिएको अस्पतालमा चाप बढेर मृत्युको सम्भावना बढी  देखिए भेन्टिलेटर निकालेर अर्को बाँच्ने सम्भावना भएकोलाई प्राथमिकता दिने निर्णय गर्न स्वास्थ्यकर्मीहरुलाई भनिएको कुरा मिडियामा आएका छन ।

कोरोना संक्रमण भएका आफन्त साथीहरु ३-४ जना संगको कुराकानीमा सबैले एकै खालको लक्षण खोकी, ज्वरो अनि झाडा-पखाला लागेको सुनाउनु भयो ।

ज्वरो नियन्त्रण गर्न सिटामोल खाएको, स्वास फेर्न गाह्रो  हुँदा बेलायतको आकस्मिक सेवा नम्बर १११ डायल  गरेको, फोन जवाबमा आवाज राम्रै आएको,  होस् नगुमेको भन्दै घरमै क्वारेन्टायनमा बस्न भनिएको बताउनु भयो। तातो झोल पिउने,  तातो बाफ लिने र  सिटामोल खाएर बस्ने अस्पतालको फोनको सल्लाह मानेर घरमा बसेर रोग निको पार्ने धेरै हुनुहुन्छ ।

 

अचम्म त वहाँ हरुलाई कोरोना लागे-नलागेको पनि यकीन छैन किनकि टेस्ट नै गरीएको छैन ।

 

यसरी हेर्दा बेलायतमा नेपालीहरु ४-५०० जनामा संक्रमण भएको तर टेस्ट नभएको र प्रमाणित नभएको देखियो । बेलायतमा हालसम्म २ लाख १० हजारको टेस्ट र ५१,६०८ जनामा कोरोना प्रमाणित भएको छ ।  संक्रमण प्रमाणित नभई घरमा नै निको हुने धेरै देखिएका छन ।

बेलायतमा लक डाउनको आज १७ दिन हो । यहाँ हालसम्म कोरोनाबाट ६,१५९  जनाको ज्यान गएको छ । मंगलवार मात्र एकै दिन ७८६  जनाको  मृत्यु भएको ख़बर थियो । यो संख्या पनि अस्पतालमा मृत्यु हुनेहरूमात्र भनिएको छ ।

बिडंबना यो रोगबाट मृत्यु हुनेलाई संक्रमणको जोखिमले अफ़न्तले पनि छुन, दाहसंस्कार गर्न सम्म नपाउने पिडा छ ।

हामी यस्तै अभ्यास गरेर अहिले सम्म बेलायत महामारीको अधिक प्रभावित क्षेत्र लण्डनमा सुरक्षित छौं। यहाँहरू पनि बाहिरबाट आएकालाई नभेटने, को कहाँ पुगेर कसलाई भेटेर आएको हुन्छ थाहा हुन्न । छिमेकमा पनि भिड नगर्ने,  नभेटने,  अत्यावस्यक परे सुरक्षित रहन २ मीटर दूरी क़ायम गरेर बोल्ने,  दिनको ६-८ पटक साबुन पानीले हात धुने,  हातले नाक मुख अनुहार नछुने,  धेरैको हातमा घुम्ने पैसा संक्रमणको प्रमुख कारण बन्न सक्ला किनमेलमा पैसा छोएपछी हात धोऔ,  बाहिर हुनेले बैंक कार्ड कंट्याकलेस प्रयोग गरौं ।

 

जीवन रहे व्यापार, प्रियजन , सम्पत्ति, सान र सामाजिक प्रतिष्ठाको महत्व होला ।  यसर्थ हामीले दैनिक गर्ने हरेक क्रियाकलापमा सुधार गर्नुपर्ने देखियो ।

 

बेलायतमा कसैलाई रुघाखोकी लागेपनि २ साता छुट्टै बस्न र अरुलाई सार्नबाट जोगिन भनिएको छ । हामी प्रेम भावनामा बगेर टासीन जाने चेब्रे पार्ने चलन छ । संक्रमितलाई  नछोई अल्लगै कोठामा राखेर पनि रेखदेख माया गर्न सकिन्छ, क्वारेण्टीन त्यही हो ।

 

चेतना संग़ै ईमानदारीता र पवित्र भावनाको पनि आवस्यकता छ । आफुलाई  संक्रमण भयो भनेर प्रियजनलाई अरुलाई नसरोस्, नहोस् भन्ने भावना संक्रमित आफ़ैले मलाई यस्तो भाकोछ होस गर्न सहयोग चाहिए बचेर सहयोग गर्न भन्नु पर्ने देखिन्छ ।

 

यो महामारीको औषधि छैन , दुनियांमा अहिले सम्म कुनै पनि भाइरसको औषधि नभएको  प्रतिरोध गर्ने क्षमता बिकासको खोप मात्र रहेको चिकित्सा शास्त्रको जिकीर छ ।  केवल  भाइरसको असर कम गर्नलाई ज्वरो आए सिटामोल , खोकि र घाँटीमा नून , बेसार पानीले कुल्ला गर्ने , रुघा लागे बाफ लिने र संक्रमणसंग लडेर शरीरको रोग निरोधक क्षमताले त्यसलाई ज़ित्ने हो । हामी पनि औषधि आएर ठीकपार्ने हल्लाको पछाड़ी नलागौ , नसोचौ ।

यसको एकमात्र औषधि भनेको जनचेतना हो , आत्मबल हो , दैनिक क्रियाकलाप रहनसहनमा परिवर्तन हो र संक्रमणको संकेत देखिए सेल्फ़ क्वारेण्टीन हो भन्ने देखीएको छ ।

 

क्वारेण्टीनलाई कतीपयले काजकिरीया संस्कार संग पनि जोड़ेका छन् । काजकिरीयामा रहन सहन कस्टकर हुनेगर्छ क्वारेण्टायनमा बस्ने भनेको घरमा छुट्टै कोठामा अरुसंग संसर्गमा नआइ बस्ने हो ।

सार्वजनिक स्वास्थ्यकर्मीले साझा भांन्सा बाथरूम हुने ठाऊँमा संक्रमितले  शौचालय,  बाथरुम अन्तिममा प्रयोग गर्ने गरेर सफ़ा र सेनीटाइज गर्ने उत्तम उपाय सुझाएका छन् ।

मेरा एकजना स्वास्थ्यकर्मी मित्र बिनोद बिकास सिमख़डाका अनुसार घरमा १ जनालाई संक्रमण भए पुरा परिवार नै क्वारेण्टीनमा बस्नु पर्ने हुन्छ कारण संक्रमितमा भाइरस लागेको लक्षण देखा पर्न २ साता लाग्छ त्यो २ सातामा सबै परिवारलाई उसले  संक्रमणको भाइरस सारीसकेको हुन्छ ।

एकै परिवारमा श्रीमान संक्रमित हुँदा श्रीमती संक्रमित नभएका घटना छन् । यानी कसैलाइ भाइरस लागेर पनि लक्षण नदेखिने र संक्रमित नहुने तर अरुलाई सार्ने गुण रहने देखीएको स्वास्थ्यकर्मी हरू बताउंछन् । यसर्थ सबै क्वारेण्टीनमा बस्नु उत्तम उपाय हो ।

 

सम्पर्कको हिसाबले नेताहरूलाई  कोरोना लाग्नु पर्ने हो ।  बेलायतका प्रम कोरोना संक्रमितलाई भेटन जांदा भावनामा डुबेर संक्रमितसंग हात मिलाएको बताएका थिए, लगत्तै उनी संक्रमित भए । हाल उनी सघन उपचार कक्षमा उपचार गराइ रहेका छन् ।

चाइनामा १०० बर्षका पुरुष, १०१ बर्षका ईंटालीयन पुरुष र ७१ बर्षे युवराज चार्ल्स लगायत संक्रमण भएका ९४ प्रतिसतलाई  कोरोना लागेर पनि निको भएको छ  । मृत्यु हुनेमा अधिकांश ७० बर्ष माथिका स्वास्थ्य समस्या हुनेहरु छन् ।

 

संक्रमणबाट मृत्यु हुने सम्भावना ५ देखि १ प्रतिशत हुने बेलायतका सरकारी बैज्ञानिकहरुले बताएका छन् । उच्च जोखिममा  ८० बर्ष माथिकाको चान्स १० प्रतिसत,  ७० देखि ८० सम्मकाको ५ प्रतिशत रहेको अहिलेको आंकडाले देखाएको छ ।

 

जोखिमको हिसाबले खेलाची गर्ने अवस्था पनि छैन । अपवाद भनौं या ख़तरा १ जना १३ बर्षका स्वस्थ बालक, २२ र ३३ वर्षीय स्वस्थ महिलाहरूले पनि ज्यान गुमाएका छन् । हालसम्म २ जना स्वास्थ्यकर्मी र ५ जना सार्वजनिक यातायातकर्मीको पनि सेवा दीनेक्रममा ज्यान गएको छ ।

नेपालमा पनि अनावस्यक व्यक्तिलाई टेस्ट गर्ने या संक्रमणको लक्षण देखीए टेस्ट गर्न जाने अस्पतालमा लाम लागेर अरुलाई पनि संक्रमित गर्ने गर्नु भन्दा आफै घरमा २ साता आइसोलेट भएर बस्ने गरे उत्तम हुने देखीयो ।

सीमित अस्पताल र टेस्ट सामाग्री, स्रोत साधनलाई  अत्यावस्यक र सीरियस केसलाइ प्राथमिकतामा राखेर प्रभावकारी उपयोग गरे उत्तम हुने देखियो । टेस्ट मात्र गर्न धेरै दवाव नदीएको बेस होला !

बिश्वभर लक डाउन छ मीडिया, सामाजिक संजाल प्रयोगकर्ता सबैको काम घरमा बसेर लास गन्ने छ ।

दैनिक त त्यसै पनि बिबिध कारणले मृत्यु त भई नै रहेको हुन्छ, यसर्थ मृत्यु मात्र गनेर भयभीत हुने कामले अझ त्रसित मात्र बनाउने गर्छ ।

हरेक महीना मौसमी फ़्लूले मात्र २४,१६६ जनाको मृत्यु हुने अरु सबै गरेर क़रीब डेढ़लाख मानिस प्रतिमहीना बिश्वभर कोरोना नहुंदा पनि मृत्यु भईरहेको तथ्य बिश्व स्वास्थ्य संघको छ ।

यस्तो बेला संजालमा भ्रमपूर्ण ख़बरबाट जोगिनु र नकरात्मक ख़बर मृत्यु भयबाट टाढा बसेर मानसिक स्वास्थ्यकालागी ध्यान दिन , ध्यान तथा सकरात्मक भावना जगाउनु अर्क़ो अवस्यकता रहेको मनोबिद् सुमाया राईको जिकिर छ ।

जनचेतना र सही सूचना नै महामारी र बिपत्तिसंग लड़ने अचूक हतियार हो । यसर्थ संचारकर्मीहरूको भूमिका डाक्टर तथा नर्सहरूको जतिनै रहेको बीबीसी नेपालीसेवामा काम गरिसकेका संचारकर्मी भगीरथ योगी बताउंछन् ।

 

सुरक्षित रहनु होला , आफु पनि बचौं, अरुलाइ पनि बचाऊँ !

 

(लेखक बेलायतबाट संचालित साउथ एसिया टाइमका सम्पादक हुन् )

 

ट्विटर :  @jaganbimal

ad
ad
ad