हाम्रो बारेमा:
विश्वभर नेपालीहरुको संख्या बढेसंगै भूमण्डलीय बन्दै गएको नेपाली कला, भाषा, संस्कृति, व्यवसाय तथा उत्पादनहरु पनि बढ्दै छन् । यसै
परिप्रेक्षमा प्रवासमा फैलिएको नेपालका चौतर्फी आयामहरुलाई जोड्न र अझ मजबुत पार्न भरपर्दो र विश्वसनीय सूचना र संचारको खाँचोलाई परिपूर्ति
गर्ने पहल ग्लोबल नेप्लिज डटकमको रहने छ । अनलाइन मिडियाहरुको संख्या र पहुंच पनि बढीरहेको अवस्था रहेता पनि सकारात्मक, रचनात्मक र मित्रवत रुपमा नेपाली मिडियाको गुणात्मक विकास हुने र यस्तो पत्रकारिताको प्रवर्द्धनबाट नै पत्रकारिताको नाममा हुन सक्ने एकाधिकार , निस्पक्ष सूचना र खबरको अनावश्यक सिन्डिकेट, व्यापारीकरण र दुरुपयोगलाई तोड्न सक्ने मान्यताका साथ हामी आएका छौं। प्रवासमा ठूलो संख्यामा छरिएर रहेका नेपालीहरुको बहुआयामिक गतिविधिलाई संचार र प्रसार गर्दै निस्पक्ष र पारदर्शी पत्रकारिताको अभ्यासका लागि ग्लोबल नेप्लिज अनलाइन न्युज पोर्टल प्रतिबद्ध रहने छ।
व्यावसायिक पत्रकारिताको मर्यादालाई पालन गर्दै सभ्य र भयरहित मानव समाजका मुख्य आदर्श लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको मूल्य र मान्यताभित्र रहेर विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुका खबरलाई सम्प्रेषण गर्ने हाम्रो मूलमन्त्र रहने छ । सूचना र संचारको माध्यमबाट नेपाली विविधता, कला, भाषा, संस्कृतिको प्रबर्धन गर्दै घरदेशलाई परदेशसम्म, नयाँ र पुरानो पुस्तालाई जोड्ने, आधुनिक समाज र परम्परागत हाम्रा सभ्यताहरुलाई जोड्ने पुलको रुपमा उभिने हाम्रो प्रयासमा यहाँहरुको साथ, सुझाव र सहयोग नै हाम्रो मूल मार्गदर्शनका रुपमा रहने छ।
हाम्रो टिम:
Chairman: Mr Chiranjibi Dhakal
Group Editorial Advisor: Bhagirath Yogi
Editorial Board :
Narayan Gaunle
Jagan Karki
Ms Chanda Adhikari